
मलाइका अरोडा र अर्जुन कपुर पछिल्लो समयका बलिउडका नाम चलेका जोडी हुन् । यी दुई केहीसमयदेखि एकअर्काको प्रेममा छन् । मलाइका र अर्जुनले अघिल्लो बर्ष नै बिहे गर्ने हल्ला चलेको थियो । तर बिचमा कोरोनाको महामारी आइदियो । मलाइका र अर्जुनलाई धेरैजसो विवाहबारे प्रश्न गर्ने गरिन्छ । तर दुवैले अहिलेसम्म विवाहबारे खुलेर बताएका छन् ।
अहिले अर्जुन र मलाइका छुट्टी मनाउनको लागि गोवा पुगेका छन् । गोवामा उनीहरुसँगै मलाइकाका छोरा पनि छन् । सलमानका भाई अरबाजसँग डिभोर्स भएपछि केहीसमयसम्म एक्लै बसेकी मलाइका पछि अर्जुनसँग नजिकिएकी हुन् । अर्जुन र मलाइका धेरैजसो सँगै देखिएका हुन्छन् । यसकारण पनि यी दुईको २०२१ मा बिहे हुने सम्भावना प्रवल देखिएको छ । दुवै विवाहको लागि तयार पनि छन् ।
यद्यपि मलाइका र अर्जुनले बिहेबारे आधिकारीक जानकारी भने दिएका छैनन् ।





