गायत्री मन्त्रबाट गरे अक्षयले नयाँ बर्षको स्वागत



आज नेपाल बाहेक अन्य सबै मुलुकका मानिहरुले नयाँ बर्ष २०२१ रमाइलोसँग मनाइरहेका छन् । बलिउड सेलिब्रेटीहरुले पनि सामाजिक सञ्जाल मार्फत आफ्ना फ्यानलाई नयाँ बर्ष २०२१ को शुभकामना दिएका छन् ।

बलिउडका निकै चर्चित तथा डिमाण्डेड अभिनेता अक्षय कुमारले नयाँ बर्षको सुरुवात गायत्री मन्त्रबाट गरेका छन् । ‘यदि तपाईले मिस गर्नु भएको छ भने हेर्नुहोस् । नयाँ वर्ष २०२१ को पहिलो सूर्योदय’ भिडियो शेयर गर्दै अक्षयले लेखेका छन् ‘म सबैको विकाश र खुसीको कामना गर्दछु ।’

भिडियोमा सूर्योदय देखिएको छ । जसमा अक्षयले गायत्री मन्त्र जप गरेका सुन्न सकिन्छ । भिडियो फ्यानले रुचाएका छन् ।

प्रतिक्रिया दिनुहोस्