बलिउड नायिका दिपिका पादुकोणले नयाँ बर्षमा डिलिट गरिन् आफ्ना सबै सोसल मिडिया पोष्ट, आखिर किन ?



दिपिका पादुकोण बलिउडकी सर्वाधिक चर्चित नायिका हुन् । उनको लोकप्रियता बलिउडमा मात्र नभएर संसारभर नै छ । दिपिका बलिउडकी निकै डिमाण्डेड नायिका हुन् । उनै दिपिका यतिबेला उनका श्रीमान तथा बलिउडका चर्चित नायक रणवीर सिंहसँग राजस्थान जयपुरमा नयाँ बर्ष सेलिब्रेसन गरिरहेकी छिन् ।

यस नयाँ बर्षमा दिपिकाले आफ्ना फ्यानलाई ठूलै सरप्राइज दिएकी छिन् । दिपिकाका सबै सोसल मिडिया इन्ष्टाग्राम, ट्वीटर, फेसबुक सबै खाली छन् । दिपिकाका सबै सोसल मिडिया अकाउण्ट खाली छन् । उनले आफ्नो यति लामो समयको सबै पोष्टहरु डिलिट गरेकी छिन् । यसले दिपिकाका फ्यानहरु हैरान भएका छन् ।

यतिमात्रै होइन, दीपिकाका अकाउन्टको पोस्ट डिलिट हुनुका साथै उनको प्रोफाइल फोटो पनि परिवर्तन भएका छन् । उनको सबै सोसल मिडिया अकाउन्टमा उनको फोटोको साटो ‘इन्डिया टुडे’ म्यागजिनको कभर फोटो राखिएको छ । अब दीपिका आफैंले पोस्ट डिलिट गरेकी हुन् कि उनको अकाउन्ट ह्याक भएको हो वा उनको आउँदो फिल्मको प्रोमोशनको कुनै तरिका हो भन्नेबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्