१५ मिनेटको उपस्थितिको लागि उर्वशीले लिइन् ४ करोड



उर्वशी रौतेला बलिउडकी निकै नै चर्चित नायिका हुन् । झन् पछिल्लो समयमा त उनको डिमाण्ड बलिउडमा निकै नै छ । हालैमात्र पनि उर्वशीलाई न्यू इयर इभ को लागि दुवईको फाइभस्टार होटल प्लाजो वर्ससमा आयोजना हुने एक पार्टीको लागि निम्तो गरिएको थियो ।

उक्त पार्टीमा उर्वशीले १५ मिनेटको उपस्थितिको लागि ४ करोड लिएकी छिन् । उर्वशीले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै यसबारे जानकारी दिएकी छिन् । उक्त पार्टीमा उर्वशीका फ्यानहरुको बाक्लो उपस्थिति रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्