बेबी बम्प सँग अनुष्काले गराइन् फोटोसुट, फ्यानले दिए यस्तो प्रतिक्रिया…



बलिउडकी सर्वाधिक चर्चित अभिनेत्री अनुष्का शर्मा चाडै नै आमा बन्दैछिन् । यसैबिच उनले हालैमात्र फोटोसुट गराएकी छिन् ।

उनले बेबी बम्प देखाएर गरेको फोटोसुटले यतिबेला निकै नै चर्चा पाइरहेको छ । उनले सामाजिक सञ्जालमा उक्त तस्बिरहरु पोष्ट गर्ने बित्तिकै फ्यानको कमेन्टको ओइरो नै लागेको छ । उनले फोटो सेयर गर्दै लेखेकी छिन्, ‘आफ्नो लागि सेयर गर्दैछु, जीवन भरीका लागि । भोग इन्डिया यो गर्न मज्जा आयो ।’

उनको तस्बिरमा धेरै फ्यान बधाई दिएका छन् । केहीसमय अघि विराट र अनुष्का दुवैले आफूहरु मातापिता बन्न लागेको जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्