
टाइगर श्राफ र दिशा पटानी बलिउडमा नाम चलेका जोडी हुन् । यी दुई केही समयदेखि एकअर्काको प्रेममा छन् । तर सार्वजनिक रुपमा अहिलेसम्म दुवैले यसबारे बताएका छैनन् । यी दुई बेला बेलामा छुट्टी मनाउन विश्वको कुना कुनामा पुगिरहेका हुन्छन् । तर प्रेमबारे प्रश्न गर्दा दुवैले अस्वीकार गर्ने गरेका छन् ।
भारतीय मिडियालाई मान्ने हो भने आफ्नो सम्बन्धलाई लिएर यी दुवै सिरियस छन् । एकसाथ जीवन पनि बिताउन चाहन्छन् । तर अहिले नै विवाह गर्ने सोचमा भने छैनन् । दिशा र टाइगरको सम्बन्धलाई उनीहरुको परिवारले स्वीकार गरिसकेको छ र विवाह गरिदिन पनि तयार छन् ।
कतै कतै त यी दुईले सन् २०२१ मा विवाह गर्न लागेको पनि हल्ला छ । तर टाइगर र दिशा आफ्नो विवाह गर्ने बेला भने नभएको बताउँछन् । सन् २०२१ मा टाइगर र दिशाको विवाह हुन्छ या हुदैँन त्यो हेर्न भने फ्यान निकै नै आतुर छन् ।





