
चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माले अहिले महामारीका कारण मेला महोत्सव– तथा स्टेज कार्यक्रम ठप्प भएकाले नयाँ गीत सिर्जना गर्न जाँगर नै नचलेको बताएका छन् । पशुपति शर्माले केही गीतहरु बजारमा ल्याएका छन् । तर उनी स्वयमलाई राम्रोसँग गीत सिर्जना गर्न जाँगर चलेको छैन ।
कोरोनाका कारण सांगितीक क्षेत्रमा परेको असर देखेर पशुपति चिन्तित छन् । किनकी अझैपनि पहिलेको जसरी मेला महोत्सव हुने माहोल बनिसकेको छैन । पशुपति मात्र नभएर सांगितीक क्षेत्रमा थुप्रै कलाकारले यसबारे गुनासो पोखेका छन् ।
स्टेज कार्यक्रममा पशुपति शर्मा अत्याधिक व्यस्त हुने गायक हुन् । कोरोनाका कारण स्टेज कार्यक्रम बन्द भएपछि धेरै लोकदोहोरी गायक–गायिकाले बैकल्पिक पेशा पनि अपनाउँदै आएका छन् ।





