कुनै समयका चर्चित अभिनेता जीवन लुईटेलले आफैँलाई भने गद्धार, यस्तो छ कारण…



जीवन लुईटेल कुनै समयका सर्वाधिक चर्चित अभिनेता हुन् । उनको चकलेटी अनुहार र अभिनयलाई दर्शकले निकै नै रुचाउने गरेका थिए । जसका कारण उनको डिमाण्ड चलचित्रमा राम्रो थियो । उनी महंगो अभिनेताको रुपमा समेत चिनिन्थे । तर विस्तारै उनी चलचित्र क्षेत्रबाट टाढिएर अमेरिका भासिए ।

लामो समयदेखि जीवन परिवारसँग अमेरिकामा बस्दै आएका छन् । तर बेला बेलामा उनले नेपाली चलचित्र क्षेत्रलाई भने सम्झिरहेका हुन्छन् । उनले केहीसमय देखि आफ्नै युट्युब च्यानल मार्फत आफैद्धारा रचित कविताहरु बाचन गर्दै अपलोड गर्ने गरेका छन् । हालैमात्र पनि जीवनले ए माटो शीर्षकमा एक कविता बाचन गरेर युट्युबमा अपलोड गरेका छन् ।

जीवनलाई साहित्यमा पहिलेदेखि नै रुचि थियो । उनले असाध्यै राम्रो कविता लेख्ने गर्छन् । उनको देशप्रेम बोकेको यो कविता पनि निकै राम्रो रहेको छ । कवितालाई जीवनले आफैलाई गद्धार भनेका छन् । उनले आफ्नो प्यारो मातृभूमिलाई छोडेर गएकोमा आफैलाई गद्धार भनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्