समुन्द्री किनारमा हिनाको बोल्ड अवतार…



हिना खान बलिउडमा राम्रो नाम चलेकी कलाकार हुन् । सिरियलबाट सुरु भएको उनको अभिनय यात्रा अहिले चलचित्रसम्म आइपुगेको छ । बिगबोस सिजन ११ मा देखिएपछि उनको करियरले फड्को मारेको हो भन्दा फरक नपर्ला । अहिले उनी म्यूजिक भिडियो र ठूला ब्यानरका चलचित्रको रोजाईमा पर्न थालेकी छिन् ।

उनै हिना बेला बेलामा सामाजिक सञ्जालमा आफ्ना तस्बिरका कारण चर्चामा आउने गरेकी छिन् । हालैमात्र पनि हिनाले सामाजिक सञ्जालमा बिकीनी लगाएको तस्बिर सेयर गरेकी थिइन् । जसलाई दर्शकले निकै नै रुचाए । तस्बिरमा उनी निकै बोल्ड समेत देखिएकी छिन् ।

हिना केहीसमय अघि बिगबोस सिजन १४ मा समेत देखिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्