‘डिसेम्बर फल्स’ को लागि डान्स सिक्दै उपासना



चलचित्र क्याप्टेन बाट नेपाली चलचित्र जगतमा भित्रिएकी नायिका उपासना सिंह ठकुरीले पहिलो चलचित्रबाट नै दर्शकको अपार माया पाउन सफल भइन् । त्यसपछि उनले चलचित्र कबड्डी कबड्डी कबड्डी मा काम गरिन् । उनको दोस्रो चलचित्र पनि सफल भयो । अझ भनुम उनले दोस्रो चलचित्रबाट दर्शकको अझै धेरै माया पाउन सफल भइन् ।

उनै उपासनाले केहीसमय अघिमात्र नयाँ चलचित्र साइन गरेकी छिन् । उपासनाले डिसेम्बर फल्स चलचित्र साइन गरेकी हुन् । चलचित्रमा उनी अभिनेता आर्यन सिग्देलको जोडीको रुपमा देखिदैँछिन् । चलचित्रमा दुई प्रेमी प्रेमिकाबिचको उमेर अन्तर देखाइने भएकाले आर्यन र उपासनालाई फाइनल गरिएको हो ।

फिल्ममा आफ्नो भूमिकालाई न्यायपूर्वक निर्वाह गर्न अहिले उनी नृत्य सिकिरहेकी छन् । कोरियोग्राफर प्रविन सिंहको डान्स स्टुडियो ‘द डान्स हाउस’ मा उनले नृत्यको प्रशिक्षण लिइरहेकी छन् । उनले नृत्य सिकिरहेका भिडियो इन्स्टाग्राम स्टोरीमा राखेकी छन् ।

प्रतिक्रिया दिनुहोस्