अमिताभसँग चलचित्रमा देखिदैँ ‘डियर कमरेड’ की रश्मिका



रश्मिका मन्दना युवापुस्तामाझ सर्वाधिक लोकप्रिय नायिका हुन् । लकडाउनको समयमा युट्युबमा रिलिज भएको डियर कमरेड चलचित्रबाट रश्मिकालाई धेरै दर्शकले चिन्न थालेका हुन् । उनै नायिकाको अहिले बलिउडमा पनि डिमाण्ड निकै छ । रश्मिकाले केहीदिन अघिमात्र एक बलिउड चलचित्र साइन गरेकी थिइन् । चलचित्रमा उनी सिद्धार्थ मल्होत्रासँग देखिदैँछिन् ।

यसैबिच रश्मिकाले अर्को पनि बलिउड चलचित्र गर्ने पक्का भैसकेको छ । चलचित्रमा उनी अमिताभ बच्चनसँग देखिनेछिन् । अमिताभ र रश्मिकाले काम गर्ने नयाँ चलचित्रलाई विकास बालले निर्देशन गर्दैछन् । चलचित्रको नाम ‘डेड्ली’ रहने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्