
अक्षय कुमार बलिउडका सर्वाधिक चर्चित अभिनेता हुन् । उनले एकपछि अर्को चलचित्रमा निरन्तर काम गरिरहेका छन् । अक्षय बलिउडका निकै नै मेहेनती अभिनेताको रुपमा पर्छन् । उनले कहिल्यै पनि ब्रेक लिने गरेका छैनन् । निरन्तर काम गरिरहन्छन् र काम पनि उत्कृष्ट नै गर्छन् । त्यसैले नै निर्माता निर्देशक अक्षयलाई भरोसा गर्ने गर्छन् ।
उनै अक्षयले अहिले आफ्नो पारिश्रमिक बढाएका छन् । अक्षय त्यसैपनि बलिउडमा सबैभन्दा धेरै कमाउने अभिनेताको रुपमा चिनिन्छन् ।
बलिउड हंगामाको एउटा रिपोर्टलाई विश्वास गर्ने हो भने केही महिनामा अक्षय कुमारले आफ्नो पारिश्रमिकमा अत्यधिक वृद्धि गरेका छन् । सुरुमा अक्षयले आफ्नो पारिश्रमिक ९९ करोडबाट बढाएर १०८ करोड गरेका थिए जुन अब बढेर ११७ करोड भारु पुगेको थियो । हालै अक्षयलाई एक चलचित्रबाट अफर आएको छ । जहाँ अक्षयले १ सय ३५ करोड पारिश्रमिक लिने बताएका छन् ।





