गतबर्ष हुने भनिएको नेफ्टा अवार्ड यस बर्षको फागुनमा हुदैँ



१० औँ नेफ्टा अवार्ड गतबर्ष चैत्रमा हुने भनिएको थियो । तर कोरोनाको महामारीको कारण अवार्ड समारोह हुन सकेन । नेफ्टा अवार्ड आयोजक संस्था नेपाल चलचित्र प्राविधिक संघले यसबर्ष अवार्ड समारोह हुने जानकारी दिएको छ । आगामी फागुन अन्तिम साता अवार्ड समारोह हुने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

ड्रिम हाइ नेपालका प्रमुख कमल जीसीले उत्कृष्ट ५ मनोनयन सार्वजनिक गरेको दिन नै अवार्डको मिति सार्वजनिक गरिने बताए । कमलले अवार्डमा सम्पूर्ण सुरक्षाका मापदण्ड अपनाइने पनि बताएको छ ।

गतबर्षको चैत्र २२ गते काठमाण्डौको टुँडिखेलमा अवार्ड आयोजना गर्ने तयारी नेफ्टाले गरेको थियो । नेफ्टाले गतबर्ष अवार्ड आयोजना गर्न नसकेकोमा क्षमा समेत मागेको छ ।

प्रतिक्रिया दिनुहोस्