एकअर्काको पिरतीमा रमाउँदै नाजिर र सुशिला (भिडियो सहित)



नाजिर हुसेन पछिल्लो समयका चल्तीका मोडल बनेका छन् । उनलाई म्यूजिक भिडियोबाट धेरै नै अफर आइरहेका छन् र नाजिरले पनि मन परेका म्यूजिक भिडियोमा काम गरिरहेका छन् । यसैबिच नाजिरको नयाँ गीत बजारमा हालै रिलिज भएको छ ।

अम्बिका गुरुङको शब्द र दिपक शर्माको संगीत रहेको पिरती बोलको गीतमा सुमन केसी र मेलिना राईको आवाज रहेको छ । गीतमा नाजिर हुसेनसँगै सुशिला थापा फिचर्ड छिन् । यसअघि नाजिर र सुशिलाले कति माया गर्छौ बोलको गीतमा एकसाथ काम गरेका थिए । उक्त गीतलाई दर्शकले औधी रुचाएका पनि थिए ।

यो गीतलाई पनि दर्शकले रुचाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्