बियरको नशामा राखेका थिए रोहनले नेहालाई विवाहको प्रस्ताव



बलिउडकी सर्वाधिक चर्चित गायिका नेहा कक्करले २ महिना अघि प्रेमी रोहनप्रित सिंहसँग धुमधामसँग विवाह गरिन् । रोहनप्रित र नेहाले भेटेको केहीसमयमा नै विवाह गरेका हुन् । नेहाले बताए अनुसार यी दुईको पहिलो भेट अगस्ट महिनामा भएको थियो । यी दुईको पहिलो भेट एक गीतको छायांकनको क्रममा भएको थियो ।

दुईले सुरुमा स्न्यापच्याटमा कुराकानी गर्न थालेका थिए । त्यसपछि यी दुईको फोनमै पनि कुराकानी हुन थाल्यो । नेहाले सुरुमै रोहनप्रितलाई आफ्नो विवाह गर्ने उमेर पुगिसकेकाले विवाह गर्ने भए मात्र बोल्ने बताएका थिए तर रोहनप्रितले त्यसबेला आफ्नो उमेर नै नभएको बताएका थिए । त्यसपछि नेहा रोहनप्रितसँग बोल्न नै छाडिदिइन् ।

तर, एक दिन एक्कासी रोहनले नेहालाई फोन गरेर ‘म तिमिबिना बाँच्न सक्दिन, बिहे गरौं’ भने। यो खुलासा नेहा आफैले द कपिल शर्मा शोमा गरेकी हुन्।

नेहाले त्यसपछि नशामा होकी भनेर समेत सोधेकी थिइन्। त्यसको भोलिपल्ट रोहनप्रीत चन्डीगढमा एक होटलमा नेहालाई भेट्न पुगे। र नेहालाई सोधे, ‘हिजो रातिको कुरा याद छ ?’ नेहाले जवाफ दिइन्, ‘बियर तिमिले खाएका थियौं। मैले किन विर्सनु ?’ यसपछि नेहालाई लाग्यो रोहनप्रीत बिहेका लागि गम्भीर छन्।

प्रतिक्रिया दिनुहोस्