प्रतापको ‘भट्टीवाली’ मा देखियो दुर्गेश र रियाशाको रोमान्स (भिडियो सहित)



पछिल्लो समयका सर्वाधिक चर्चित गायक हुन्, प्रताप दास । नेपाली तारा बाट नेपाल आइडल सिजन १ हुदैँ आज उनी यो स्थानसम्म आइपुगेका छन् । विशेष चलचित्रका रोमान्टिक गीतमा दर्शकले उनको आवाजलाई औधी रुचाउने गरेका छन् ।

प्रतापले फूल होइन, हर युग होस् प्रेमको गीतको, इज इट अ लब, मोटर साइकलमा लगायतका थुप्रै हिट गीत गाइसकेका छन् । उनै प्रतापको नयाँ गीत बजारमा भर्खरै रिलिज भएको छ ।

रामकृष्ण महराको शब्द र सिद्धान्त परियारको आवाज रहेको भट्टीवाली बोलको गीतमा प्रताप दासको आवाज रहेको छ । निकै रमाइलो गीतमा दुर्गेश थापा र रियाशा दाहाल फिचर्ड छन् । गीतलाई सुरेन्द्र बसेलले कोरियोग्राफी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्