नयाँ बर्षमा बिहे गर्दै मनोज गजुरेल !



मनोज गजुरेल दर्शकमाझ सर्वाधिक लोकप्रिय हाँस्यकलाकार हुन् । उनै मनोज गजुरेल केहीसमय अघि कोरोनाले सिकिस्त भएपछि अस्पताल नै भर्ना भएका थिए । केहीदिनको उपचारपछि उनी घर फर्किएका थिए । उनै मनोजले कोरोनालाई जितेर आएपछि कोरोनालाई सामान्य रुपमा नलिन दर्शकलाई आग्रह गरेका थिए ।

त्यस लगत्तै उनले दोस्रो बिहे गर्ने खुलासा समेत गरेका थिए । जसले सामाजिक सञ्जालमा तहल्का नै मच्चायो । मनोजकी पूर्वपत्नी मिना ढकालले यो कुरालाई लिएर मनोजमाथि औला समेत उठाएकी थिइन् । उनै मनोजले अब नयाँ बर्षसँगै नयाँ जीवनको सुरुवात गर्ने बताएका छन् । मनोजले यस्तो भनिरहँदा दर्शकले भने नयाँ बर्षमा कतै मनोजले विवाह गर्ने सोच त बनाएका छैनन् ? भनेर अनुमान लगाइरहेका छन् ।

मनोजले खुलेर नयाँ बर्षमा बिहे गर्ने त बताएनन् तर उनले अन्तवार्ता दिए अनुसार उनले नयाँ बर्षमा बिहे गर्ने बुझ्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्