आज बलिउड स्टार सलमान खानको जन्मदिन, शुभकामना दिनेको ओइरो



बलिउडका सर्वाधिक लोकप्रिय अभिनेता सलमान खान आज आफ्नो ५५ औँ जन्मदिन मनाउँदैछन् । सलमानको जन्मदिन हरेक बर्ष उनका फ्यानले निकै नै विशेष बनाउने गरेका छन् । यसबर्ष भने सलमानले आफ्ना फ्यानलाई घरबाहिर नआउन आग्रह गरेका छन् । हरेक बर्ष सलमानको जन्मदिनमा उनका फ्यानले उनको घर अगाडी आएर जन्मदिनको शुभकामना दिने गरेका थिए । तर कोरोनाको महामारी अझै नगएका कारण सलमानले यसपटक आफ्नो घर अगाडी नआउन फ्यानलाई आग्रह गरेका हुन् ।

सलमानले लेखेका छन्–‘मेरो जन्मदिनमा फ्यानहरुको माया बर्षौदेखि बलियो रुपमा देखिएको छ । तर, यो बर्ष कोरोना महामारीका कारण मेरो विनम्र अनुरोध छ कि मेरो घर अगाडि नआइदिनुहोला । मास्क लगाउनुहोस् र सामाजिक दुरी राख्नुहोस् । म ग्यालेक्सी अपार्टमेन्टमा छैन ।’

सलमानको आज जन्मदिन परेकाले उनलाई शुभकामना दिनेको ओइरो नै लागेको छ । हाम्रो तर्फबाट पनि सलमानलाई जन्मदिनको धेरै धेरै शुभकामना ।

प्रतिक्रिया दिनुहोस्