करोड क्लबमा पल र मलिकाको ‘फुलबुट्टे सारी’…(भिडियो सहित)



केहीसमय अघि रिलिज भएको फुलबुट्टे सारीको फिमेल भर्जनलाई दर्शकले औधी नै रुचाएका छन् । मिलन नेवारको आवाज रहेको गीत युट्युबमा रिलिज भएको छोटो समयमा नै करोड क्लबमा पुग्न सफल भएको छ ।

यो समाचार तयार पारिरहँदा यस गीतलाई १ करोड बढीले हेरेका छन् । गीतलाई २ लाख १८ हजारले लाइक गरेका छन् भने लगभग ९ हजारले डिसलाइक गरेका छन् । गीतमा १२ हजार बढी प्रतिक्रिया प्राप्त छ । पल शाह र मलिका महत फिचर्ड रहेको गीतलाई राजेश पुमा राईले निर्देशन गरेका हुन् ।

गीत हेर्ने अधिकांश दर्शकले पल र मलिकाको केमेष्ट्रिलाई रुचाएका छन् । मिलन पनि गीतबाट आएको प्रतिक्रियाबाट निकै नै खुसी छिन् ।

प्रतिक्रिया दिनुहोस्