
बलिउडका चकलेटी अभिनेता रणवीर कपुर र नायिका आलिया भट्टले एकअर्कालाई डेट गरेको १ बर्ष बढी भैसकेको छ । यी दुईले आफ्नो प्रेम लुकाउन सक्दो कोशिस गरे तर सकेनन् । आलियाले सिधै नभएपनि घुमाउरो शैलीमा रणवीर र आफूबिच प्रेम रहेको स्वीकारिन् तर रणवीरले भने आजसम्म आलिया आफ्नो प्रेमिका भएको खुलाएका थिएनन् ।
अन्ततः रणवीर आफैले आलिया उनकी प्रेमिका भएको बताएका छन् । हालै दिएको एक अन्तवार्ता उनले यसबारे बताएका हुन् । रणवीर र आलियालाई जहाँ जादाँपनि विवाहबारे प्रश्न गर्ने गरिन्छ ।
रणवीरले कोरोनाको महामारी नभएको भए अहिले आलिया र उनको विवाह भैसक्ने समेत बताए । अन्तवार्तामा रणवीर स्वर्गीय पिता ऋषि कपुरलाई सम्झिएर निकै भावुक पनि बने । उनले बुबासँग बिताएको हरेक पल आफ्नो लागि जीवनभर सबैभन्दा प्यारो रहने पनि बताए ।





