आजबाट खुले देशभरका सिनेमा हल, तर देखिएनन् दर्शक



कोरोनाको महामारीको कारण करिब ९ महिनादेखि बन्द रहेका देशभरका सिनेमा हलहरु आजबाट सञ्चालनमा आएका छन् । सरकारले अझैसम्म हल खोल्न अनुमति दिएको छैन । तर हल व्यवसायीहरुले आफैँले एकतर्फी निर्णय लिदैँ हल खोलेका हुन् । सरकारले जारी राखेको स्वास्थ्य मापदण्ड अपनाउँदै ५० प्रतिशत मात्र दर्शक राख्ने गरेर हल खोलिएको छ ।

आजबाट सिंगल र मल्टिप्लेक्स दुवै हलहरु खोलिएका हुन् । हल खुलेपनि हाल हलमा नयाँ चलचित्र भने रिलिज भएका छैनन् । कोरोनाका कारण असर पर्नाले सेन्टि भाइरस र आमा हलमा लगाइएको छ । यी दुई फिल्मका अलवा हलिउड फिल्म ‘ब्लडसट’ र ‘दि इनभिजिबल म्यान’ समेत प्रदर्शनमा आएका छन् ।

हलहरु सुरक्षाका उपायहरु अपनाएर नै सञ्चालनमा आएका हुन् । हलहरुलाई पुरा सेनिटाइज गरिएको छ । यसका साथै चलचित्र हेर्न आउने दर्शकले मास्क लगाउने, टिकट काउण्टरमा सामाजिक दुरी कायम गर्ने, सेनिटाइजरको प्रयोग अनिवार्य गर्नुपर्ने नियम बनाइएको छ । हल खुलेपनि आज हलमा खासै दर्शक भने देखिएका छैनन् । विस्तारै दर्शक बढ्नेमा हल सञ्चालकहरु विस्वस्त रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्