पशुपति शर्माको अर्को समसामयिक गीत ‘कठै मेरो देश’ रिलिज, दर्शकले दिए यस्तो प्रतिक्रिया…(भिडियो सहित)



बहुचर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा धेरैजसो समाजको समसामयिक विषयलाई उठान गरेर गीतहरु निकाल्ने गर्छन् । उनको मलाई अमेरिका यै, लुट्न सके लुट, क्यार्न माया मारिछौँ लगायतका गीतलाई दर्शकले औधी रुचाएका छन् । यसैबिच पशुपतिले देशको समसायिक राजनीतिमा आधारित गीत बजारमा ल्याएका छन् ।

पशुपति शर्माको शब्द तथा संगीत रहेको कठै मेरो देश बोलको गीतमा स्वयम पशुपति शर्माको आवाज रहेको छ । देशमा नेताहरुको कार्यशैलीले जनता बौलाएको र कतिबेला हाँस्ने त कतिबेला रुने गरेको गीतमा देखाइएको छ । त्यसका साथै पशुपतिले गीतमा विदेशी शक्तिको इसारामा नेपालका नेताहरु चलायमान भएको कारण देशले र जनताले दुख पाएको कुरा पनि देखाउन खोजेका छन् ।

उनले पुनः देशको समसामयिक राजनीतिमा कुसीका लागि नेताहहरुले गरेको लुछाुचुँडीलाई पनि देखाएका छन्। उनी आफ्ना गितबाट नै समाजमा राजनीतिक चेतना फैलाउने र अबदेखि कसैको झोले नबन्नेसमेत सूचना प्रवाह गरेका छन्।

पशुपतिको गीतलाई दर्शकले अत्यन्तै रुचाएका छन् । धेरैले त गीत सुनेर आफू भावुक भएको समेत प्रतिक्रिया दिइरहेका छन् । प्रधानमन्त्री ओलीले केहीदिन अघि संसद विघटन गरेपछि यतिबेला नेपाली जनता निकै नै तनावमा देखिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्