सोनुको अर्को ठूलो सहयोग, ब्रेन ट्युमरबाट पिडित बच्चीको बचाए ज्यान



बलिउड अभिनेता सोनु सुद आजभोली निकै नै चर्चामा आउन थालेका छन् । सोनुले लकडाउनको समयमा समस्यामा परेका धेरैजनाको उद्धार गरेका थिए । त्यसपछि नै उनलाई धेरै जनताले रियल हिरो भनेर चिन्ने गरेका छन् । त्यतिमात्र नभएर आजभोली मानिसहरु आफूलाई समस्या पर्ने बित्तिकै सोनु सुदलाई सम्पर्क गर्ने गरेका छन् । आफ्नो सम्पर्कमा आएका हर कोहीलाई सोनुले सहयोग गरेका छन् ।

उनले हौमात्र १७ बर्षकी एक बच्चीको उपचारको लागि खर्च जुटाइदिएका छन् । ब्रेन ट्युमरबाट पिडित बालिकालाई सहयोग गरेपछि उनको चर्चा थप चुलिएको छ । सामाजिक सञ्जालभरि उनको तारिफ भैरहेको छ । उनलाई कसैले ट्वीटरमार्फत यस कुराको जानकारी दिएका थिए ।

उनको मद्दतको सिलसिला देखेर फ्यान अहिले उनलाई देवता मान्न थालेका छन् । तेलंगानाको सिद्धीपेट जिल्लाको डुब्बा टान्डा गाउका अधिकारीले सोनुको मद्दतको सम्मानमा उनको नाममा एक मन्दिर समेत बनाएका छन् । मन्दिर भित्र सोनुको मुर्ति पनि राखिएको छ । मन्दिर गतआइतबार खोलिएको थियो ।

प्रतिक्रिया दिनुहोस्