बिकिनी फोटोमाथि ट्रोल गर्नेहरुलाई कंगनाको तिखो जवाफ, ट्रोलर्सले फर्काए यस्तो जवाफ…



बलिउडकी सर्वाधिक चर्चित नायिका कगंना रनावत बेला बेलामा विवादमा तानिरहेकी हुन्छिन् । उनले आफूलाई ट्रोल गर्नेलाई तिखो जवाफ दिइरहेकी हुन्छिन् । जसका कारण उनको आफ्नै फ्यानसँग कहिलेकाही झगडा पर्ने गरेको छ ।

कगंनाले हालैमात्र सामाजिक सञ्जालमा बिकिनी लगाएको तस्बिर सेयर गरेकी छिन् । तस्बिरमा उनी बिकिनी सुटमा समुन्द्रको किनारमा देखिएकी छिन् । तस्बिर सेयर गर्ने बित्तिकै कगंनालाई मानिसले ट्रोल गर्न थाले । कगंनाले आफूलाई बिकिनी फोटोका लागि ट्रोल गर्नेहरु र उनलाई संस्कारको पाठ सिकाउनेहरुलाई तिखो जवाफ फर्काएकी छिन् । नायिकाले आफ्नो फेसबुक पोष्टमा मानिसहरुलाई धर्ममा चल्न सल्लाह दिँदै उनीहरुलाई धर्मको ठेकेदार नबन्न सल्लाह दिएकी छिन् ।

कंगनाले आफ्नो सोसल मिडिया पोस्टमा लेखेकी छिन्, ‘केही मानिसहरुले मेरो बिकिनी फोटो हेरेर मलाई धर्म र सनातकको विषयमा पाठ दिइरहेका छन् । यदि कुनै बेला माता भैरवीले कपाल खोलेर, वस्त्रहीन भएर रगत पिउने अवतार लिएर आएको खण्डमा तिमीहरुले के होला ? तिमीहरुको केही लाग्दैन र आफूलाई भक्त भनिरहेका छौ ? धर्ममा हिँड, यसको ठेकेदार नबन ।’

कगंनाले यस्तो जवाफ दिएपछि पनि केही ट्रोलर्सले भने उनलाई फेरि फर्केर जवाफ दिइरहेका छन् । कगंनालाई रुचाउने फ्यान धेरै रहेका छन् तर उनलाई ट्रोल गर्नेको पनि कमी भने छैन ।

प्रतिक्रिया दिनुहोस्