साउथकी ‘स्टार’ रश्मिका बलिउडमा डेब्यु गर्दै, यी अभिनेतासँग गर्दैछिन् रोमान्स…



रश्मिका मन्दना पछिल्लो समयकी सर्वाधिक चर्चित नायिका हुन् । साउथमा मात्र नभएर बलिउडमा पनि उनको फ्यान क्रेज निकै राम्रो रहेको छ । रश्मिकाको चर्चा चलचित्र डियर कमरेड बाट भएको हो । लकडाउनको समयमा युट्युबमा रिलिज भएको डियर कमरेड लाई दर्शकले औधी रुचाए । डियर कमरेड सँगै रश्मिकाको पनि सर्वाधिक चर्चा हुन थालेको हो ।

उनै रश्मिका अब बलिउडमा पनि डेब्यु गर्दैछिन् । साउथमा त उनले आफ्नो राम्रो पहिचान बनाइसकेकी छिन् । उनलाई बलिउडबाट चलचित्रको अफर आइरहेका छन् । यसैबिच रश्मिकाले एक बलिउड चलचित्र साइन गरिसकेकी छिन् । मिसन मज्नु नाम चलचित्रमा उनी अनुबन्धित भएकी हुन् । चलचित्रमा उनी सिद्धार्थ मल्होत्राको अपोजिटमा देखिदैँछिन् ।

बुधवार यो फिल्मको पोस्टर सार्वजनिक गरिएको छ । भारतको सबैभन्दा महत्वाकांक्षी गुप्त अभियानमा आधारित भएर फिल्म निर्माण हुन लागेको हो ।

रश्मिका यो चलचित्रको लागि निकै नै उत्साहित छिन् । फिल्म १९७० को दशकमा भएको वास्तविक घटनाबाट प्रेरित छ । भारत र पाकिस्तानबीच सम्बन्ध विग्रनुको मुख्य कारण फिल्मले देखाउनेछ । आफ्नो बलिउड डेब्यूलाई लिएर रश्मिका मन्दनाले भनेकी छन्, ‘मैले हरेक भाषाका दर्शकको निकै माया पाएको छु । एक अभिनेत्रीको रुपमा मलाई यो सधैं हुन्छ कि फिल्मको कहानीलाई म आफूसँग जोड्छु र फिल्मको भाषा मेरो लागि कहिल्यै बाधा बनेन । ‘मिसन मज्नु’ टिमको हिस्सा बन्न पाएकोमा एकदमै खुसी छु ।’

प्रतिक्रिया दिनुहोस्