युट्युबमा रिलिज बहुप्रतिक्षित चलचित्र ‘छक्का पञ्जा ३’, दर्शकले दिए यस्तो प्रतिक्रिया…



करिब २ बर्ष अघि प्रदर्शनमा आएको चलचित्र छक्का पञ्जा ३ ले बक्सअफिसमा निकै राम्रो व्यापार गरेको थियो । चलचित्रलाई दर्शक र समिक्षकले राम्रो प्रतिक्रिया दिएका थिए ।

दिपाश्री निरौलाले निर्देशन गरेको चलचित्रलाई सुमन गिरी, शिवहरी पौडेल, किरण केसीले निर्माण गरेका हुन् । चलचित्रमा दिपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, दिपिका प्रसाई, लक्ष्मी गिरी, शिवहरी पौडेल, प्रियंका कार्की, सन्जोग कोइराला लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

लामो समयदेखि दर्शकले प्रतिक्षा गरिरहेको यो चलचित्र अन्ततः युट्युबमा रिलिज भएको छ । युट्युबमा रिलिज भएको केही समयमै चलचित्रले सर्वाधिक भ्यूज पाइरहेको छ भने दर्शकको प्रतिक्रिया पनि निकै राम्रो आइरहेको छ । चलचित्र हेरेका धेरै दर्शकले चलचित्रको विषयवस्तु राम्रो भएको बताएका छन् भने दिपिकाको अभिनयको पनि तारिफ गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्