विवाहको प्रश्न धेरै आएपछि आलियाले भनिन्- ‘अहिले सानै छु, विवाहको मुड छैन’



बलिउडकी निकै चर्चित नायिका आलिया भट्ट केहीसमय देखि बलिउडकी चकलेटी अभिनेता रणवीर कपुरको प्रेममा छिन् । यी दुईको प्रेमबारे अनविज्ञ अब कोहीपनि छैनन् होला । अघिल्लो बर्ष यी दुईको विवाह यहि डिसेम्बरमा हुने खुबै हल्ला चलेको थियो । त्यस समय रणवीर र आलियाले पनि २०२० को डिसेम्बरमा आफ्नो विवाह हुनसक्ने सम्भावना रहेको बताएका थिए तर यो बर्ष नै सकिन लाग्दा पनि यी दुईको विवाहको भने अत्तोपत्तो छैन ।

आलियालाई हरेक ठाउँमा जादाँ खाली विवाहकै बारेमा प्रश्न गर्ने गरिन्छ । विवाहको हल्लाले आलिया निकै नै हैरान भैसकेकी छिन् । उनलाई विवाहबारे प्रश्न गर्ने गर्दा सधैँ नै उनी मौन हुन्छिन् । अहिले भने उनले सबैको बोली चुप गराउने जवाफ दिएकी छिन् । आलियाले अहिले आफू विवाहको लागि तयार नै नभएको बताएकी छिन् ।

‘हरेकले किन मलाई सोधिरेहका छन् । कहिले विवाह गर्ने भनेर रु’ उनले अगाडि भनिन् ‘म अहिले २५ वर्षकी भए । मलाई लाग्छ अहिले विवाह गर्नु छिटो हुन्छ ।’ रणवीर र आलिया जोडीलाई पछिल्लो समय फ्यानले पनि रुचाएका छन् । कयौंपटक कपुर परिवारको कार्यक्रममा आलिया रणवीर एकसाथ देखिएका छन् । यहाँसम्मकी ऋषि कपुरको निधनको समय पनि पुरै कपुर परिवारको साथमा आलिया समेत रहेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्