दर्शकको मन जित्दै दुर्गेश र बेनिशाको ‘बस पर्खेर’…(भिडियो सहित)



लोकप्रिय गायक तथा मोडल दुर्गेश थापाको नयाँ गीत बजारमा हालै रिलिज भएको छ ।

नेत्र अर्यालको शब्द र दुर्गेश थापाको संगीत रहेको बस पर्खेर बोलको गीतमा दुर्गेश थापा र बेनिशा पौडेलको आवाज रहेको छ । सधैँ रमाइलो गीतहरु ल्याउने दुर्गेशले यसपाली केही फरक प्रस्तुती दर्शकमाझ ल्याएका छन् ।

निकै मनछुने गीतमा दुर्गेश थापा, सारीका केसी, आयुषी ढकाल लगायतका कलाकारहरु फिचर्ड छन् । गीतलाई शिव विकले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्