बलिउड नायिका रकुल प्रितलाई कोरोना संक्रमण



पछिल्लो समयमा बलिउडमा सर्वाधिक चर्चा कमाउन सफल अभिनेत्री रकुल प्रित सिंहलाई कोरोना संक्रमण पुष्टि भएको छ । रकुल स्वयमले सामाजिक सञ्जाल मार्फत यो कुराको जानकारी दिएकी छिन् ।

उनले लेखेकी छिन्, म तपाईहरु सबैलाई बताउन चाहन्छु, मेरो कोरोना रिपोर्ट पोजेटिभ आएको छ । म क्वारेन्टाइनमा बसेर आराम गरिरहेकी छु । मेरो स्वास्थ्य अवस्था सामान्य रहेको छ । म छिट्टै निको भएर छायांकनमा फर्कनेछु ।

साथै उनले आफूसँग सम्पर्कमा रहेका व्यक्तिहरुलाई पनि कोरोना टेष्ट गराउनको लागि आग्रह गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्