अंग्रेजी बोल्न नजान्दा वेटरको जागिरबाट निकालिएका थिए गोबिन्दा



गोबिन्दा बलिउडका सर्वाधिक चर्चित अभिनेता हुन् । विशेष उनको अभिनय र नृत्यको खुबै प्रशंसा हुने गरेको छ । ९० को दशकका अभिनेताको रुपमा परिचित गोबिन्दाले बलिउडमा निकै सुपरहिट चलचित्रहरु दिएका छन् । गोबिन्दासँग आज नाम, दाम, सम्मान सबै कुरा छ ।

तर यहाँसम्म आइपुग्न उनको लागि त्यति सजिलो थिएन । गोबिन्दा बलिउडमा निकै नै संघर्ष गरेर आएका अभिनेता हुन् । उनका बुबा अरुण आहुजाले ४० वर्ष फिल्म उद्योगमा काम गरेका थिए । उनकी आमा निर्मलादेवी प्रसिद्ध क्लासिकल सिंगर एवं गायिका थिइन् । वाल्यकाल गरिबीमा बितेको थियो । उनी जन्मिनु अघि नै उनको उनको बुबा ऋणमा डुबिसकेका थिए ।

गोबिन्दा अलि बुझ्ने हुदैँ गर्दा उनको घरको अवस्था अझ बिग्रिएको थियो । उनी त्यतिबेला पढ्दै पनि थिए । स्नातकपछि उनले जागिरको लागि धेरै ठाउँ धाए । तर मुम्बईजस्तो ठूलो सहरमा काम पाउन सजिलो थिएन । उनले बल्लबल्ल मुम्बईको एक होटलमा वेटरको लागि अन्तवार्ता दिए तर उनले जागिर पाउन सकेनन् । उनको अंग्रेजी राम्रो नभएको भन्दै होटलले उनलाई काम दिएन ।

२२ बर्षको उमेरमा उनले चलत्रिच इल्जाम बाट बलिउडमा डेब्यु गरे । त्यसपछि उनको जीवन नै फेरियो । पहिलो चलचित्रबाट नै निकै सफलता पाएपछि उनलाई अन्य चलचित्रबाट पनि अफर आउन थाले । त्यसपछि उनले कहिल्यै पछाडी फर्केर हेर्नुपरेको छैन । गोबिन्दा भारतमा झैँ नेपालमा पनि निकै नै लोकप्रिय छ । कारण उनकी श्रीमती नेपाली हुन् । जसका कारण उनलाई धेरैले नेपालको ज्वाई पनि भनेर चिन्ने गरेका छन् । ५७ बर्षिया गोबिन्दाले अझै पनि उहि जोस र जाँगरका साथ बलिउडमा काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्