डिमन र ‘काउली बुढी’ को ‘छम्म छम्म’ रिलिज…(भिडियो सहित)



यतिबेला बजारमा म्यूजिक भिडियोले राम्रो स्थान पाइरहेको छ । हरेक दिन बजारमा आधा दर्जनभन्दा बढी नयाँ गीतहरु रिलिज हुने गरेका छन् । तर कमै गीतले मात्र सफलता पाएका छन् । यसैबिच बजारमा नयाँ गीत रिलिज भएको छ ।

रबिन्द्र लामिछानेको शब्द र सुवास तिम्सिनाको संगीत रहेको छम्म छम्म बोलको गीतमा सन्ध्या बुढा (काउली बुढी) र रबिन्द्र लामिछानेको आवाज रहेको छ । गीतमा स्वयम काउली बुढी र पछिल्लो समयका चर्चित मोडल डिमन क्षेत्री फिचर्ड छन् । निकै रमाइलो शैलीको गीतलाई मौसम हिमालीले कोरियोग्राफी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्