
बलिउडका निकै चर्चित अभिनेता ऋतिक रोशनकी पूर्वपत्नी सुजैन खानलाई मुम्बई प्रहरीले पक्राउ गरेको छ । गुरु रंधवा र क्रिकेटर सुरेश रैना पनि सुजैनसँगै पक्राउ परेका छन् । यी सेलिब्रेटहिरु एक क्लबमा पार्टी गरिरहेका थिए । यी तिन सहित अन्य ३४ जनालाई मुम्बई प्रहरीले कोभिड–१९ को नियम उल्लंघन गरेको आरोपमा पक्राउ गरेको हो ।
सुरेश, रंधावा र सुजैनले जमानत भने पाइसकेका छन् । जुन क्लबमा यी सेलिब्रेटीले पार्टी गरिरहेका थिए उक्त क्लबमा मुम्बई पुलिसले बिहानको ३ बजे छापा मारेको थियो ।





