जन्मदिनमा शिल्पाले भनिन्- ‘अदालतमा मुद्धा परिरहेका कारण यसपटकको जन्मदिनमा म त्यति खुसी छैन’



चर्चित नायिका तथा मोडल शिल्पा पोखरेलले आज आफ्नो जन्मदिन मनाउँदैछिन् । शिल्पाले आफ्नो जन्मदिन अन्य बर्षहरु झैँ विशेष भने नभएको बताउँछिन् । अन्य बर्षहरुमा उनी आफ्नो जीवनलाई साना कुराहरुले पनि खुसी बनाएर राख्न सिक्नुपर्छ भन्ने कुरामा विश्वास गर्थिन् । तर यसपटक उनको जन्मदिन उनी स्वयम खुसी छैनन् ।

शिल्पाको जीवनमा अहिले निकै तनाव चलिरहेको छ । गतबर्ष श्रीमान छविराज ओझाले आफूमाथि हिंसा गरेको भन्दै उनी मिडियामा आएकी थिइन् । त्यसपछि छविकी श्रीमती हेमा ओझाले छवि र शिल्पाविरुद्ध अदालतमा मुद्धा हालेकी थिइन् । अदालतले सुरुमा छवि र शिल्पा दुवैलाई पक्राउ गर्ने आदेश दिएको थियो र पछि फेरि पुनः पक्राउ नगर्न आदेश दिएको थियो ।

तर अदालतको मुद्धा सकिएको भने छैन । शिल्पा अझै समस्यामा पर्न सक्छिन् । यसपटक शिल्पा आफ्नो जन्मदिनमा खुसी नहुनुुको मुख्य कारण यहि नै हो । छविसँग अलग्गिएपछि शिल्पाले अहिलेसम्म नयाँ साथीको खोजी नगरेको बताएकी छिन् । उनले तत्काल आफूलाई एक्लै बस्न नै उचित लागेको समेत बताएकी छिन् । उनी छवि र उनको विवादले आफ्नो करियरमा भने असर नपरेको बताउँछिन् । उनले काम पनि पाइरहेकी नै छिन् ।

आज उनको जन्मदिन परेकाले सामाजिक सञ्जालमा उनका शुभचिन्तक र कलाकारहरुले उनलाई जन्मदिनको शुभकामना दिइरहेका छन् । हाम्रो तर्फबाट पनि शिल्पालाई जन्मदिनको धेरै धेरै शुभकामना ।

प्रतिक्रिया दिनुहोस्