‘अतरंगी रे’ मा यस्तो अवतारमा देखिदैँ अक्षय…



अक्षय कुमार बलिउडका सर्वाधिक सफल अभिनेताको रुपमा परिचित छन् । उनले एकपछि अर्को चलचित्रमा लगातार काम गरिरहेका छन् । यसैबिच अक्षयले नयाँ चलचित्र साइन गरेका छन् । अतरंगी रे नामक चलचित्रमा अक्षयसँग नायिका साराअली खानले रोमान्स गर्ने भएकी छिन् ।

यो चलचित्रको छायांकन सुरु भैसकेको छ । चलचित्रमा अक्षय निकै फरक गेटअपमा देखिएका छन् । चलचित्रको छायांकन स्थलबाट केही तस्बिरहरु सार्वजनिक भएका छन् । तस्बिरले सामाजिक सञ्जालमा निकै नै चर्चा पाइरहेका छन् ।

सार्वजनिक तस्वीरले अक्षयका फ्यानहरुलाई उत्साहित बनाएको छ । अक्षय हातमा गुलाबको फूल लिएर सवारीमा बसेको देखिन्छ । साराले अक्षयको एक भिडियो पनि शेयर गरेकी छिन् । उनले, अक्षय जस्तो अतरंगी अरु हुन नसक्ने उल्लेख गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्