
अब आउने शुक्रबार अर्थात पुष १० गतेबाट देशभरका सिनेमा हलहरु सञ्चालनमा आउने तयारीमा रहेका छन् । लामो समयदेखि बन्द रहेका सिनेमा हलहरु अब खुल्ने तरखरमा हुदाँ हल सञ्चालकहरु खुसी भएका छन् । दर्शकमा पनि केही उत्कुकता देखिएको छ । तर हलमा दर्शक कत्तिको आउने हुन् त्यो हेर्न भने पुष १० सम्म पर्खनै पर्छ ।
पुष १० गतेबाट हलमा सेन्टि भाइरस र आमा प्रदर्शनमा आउने बताइएको छ । लकडाउनभन्दा अगाडी हलमा यिनै दुई चलचित्र प्रदर्शनमा आएका थिए । तर सोहि समयमा कोरोनाको महामारीका कारण लकडाउन भएपछि दुवै चलचित्रलाई यसले नोक्सान पुर्याएको थियो । त्यसैले दुवै चलचित्र पुनः प्रदर्शनमा ल्याउन लागिएको हो ।





