
नेपाली चलचित्र बजारमा लामो समयदेखि अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माको प्रेमको हल्ला चलिरहेको छ । पहिलो पटक यी दुईले रामकहानी मा एकसाथ काम गरेका थिए । त्यहिबाट नै यी दुईको जोडीलाई दर्शकले औधी रुचाउन थालेका हुन् । पूजा र आकाश आजभोली धेरैजसो ठाउँमा एकसाथ देखिन्छन् ।
यी दुईलाई प्रेमबारे धेरै नै प्रश्न पनि गर्ने गरिन्छ । तर दुवैले आफूहरु एकअर्काको मिल्ने साथी भएको बताउँछन् । आकाश एकअर्कासँग नजिक हुन र सधैँ सँगै हुनको लागि प्रेम नै हुन आवश्यक नरहेको बताउँछन् । उनी साथीभन्दा भगवानको नाम हुन्छ भने पूजा आफ्नो लागि भगवान बराबर भएको र आफू पनि पूजाको लागि त्यस्तै भएको बताएका छन् ।
आकाश पूजा र उनको सम्बन्ध सधैँ नै निकै राम्रो रहिरहने बताउँछन् । पूजाको हरेक खुसीमा आफू सामेल हुने र साथ दिने पनि आकाशले बताएका छन् । उनी पूजालाई आफ्नो जीवनको निकै नै महत्वपूर्ण व्यक्तिको रुपमा हेर्ने पनि बताउँछन् ।





