आउँदो चैत्रमा देशव्यापी रुपमा प्रदर्शनमा आउँदै बहुप्रतिक्षित चलचित्र ‘प्रेमगीत ३’



गतबर्षको चैत्रमा देशव्यापी रुपम प्रदर्शनमा आउन तयारीमा रहेको चलचित्र प्रेमगीत ३ कोरोनाको महामारीको कारण प्रदर्शनमा आउन सकेको थियो । अहिले कोरोनाको महामारी भएपनि धेरै क्षेत्रहरु खुलिसकेका छन् र अब विगत ८ महिनादेखि बन्द रहेका सिनेमा हलहरु पनि आउने पुष १० देखि खुल्ने तरखरमा छन् ।

यसैबिच प्रेमगीत ३ का निर्माता तथा निर्देशक समेत रहेका सन्तोष सेनले यस बर्षको चैत्रमा प्रेमगीत ३ रिलिज हुने जानकारी दिएका छन् । उनले हाल टिमसँग छलफल भएको र अब केही दिनमै चलचित्रको रिलिज डेट सार्वजनिक गर्ने बताएका छन् । उनले चैत्रको अन्तिम साता चलचित्र प्रदर्शनमा आउने सम्भावना प्रवल रहेको समेत जानकारी दिएका छन् ।

सन्तोष सेनद्धारा निर्मित चलचित्रलाई स्वर्गीय निर्देशक छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेका हुन् । चलचित्रमा प्रदिप खड्का, नव नायिका कृष्टिना गुरुङ, नव नायक मनिष लिम्बु, स्वयम सन्तोष सेन, शिव श्रेष्ठ, सुनिल थापा, माओत्से गुरुङ, लक्ष्मी वर्देवा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्