संसद विघटनपछि आक्रोशित हुदैँ हरिवंश आचार्यले भने- ‘नेताहरुलाई धिक्कार छ’



संसद विघटन भएपछि सामाजिक सञ्जालमा नेपाली चलचित्र जगतका चर्चित कलाकारहरुले नेताहरुप्रति आक्रोश पोखिरहेका छन् । आधाभन्दा बढी नेपाली जनता यो निर्णयबाट खुसी छैनन् । हालैमात्र वरिष्ठ कलाकार हरिवंश आचार्यले यसबारे आफ्ना भनाइहरु राखेका छन् ।

उनले हाम्रो देशका जनताहरुलाई धिक्कार रहेको बताएका छन् । उनले भने, यो कोरोना भाइरस भन्दा पनि खतरनाक भाइरस हो । यो देशका लागि दुर्भाग्यपूर्ण कदम भयो । यसमा यो नेता र त्इो नेता भन्ने नै छैन । सबै नेताहरु खराब ब्याक्टेरिया हुन् । जसले जनताको हितका लागि केही पनि सोचेनन् । साथै उनले भोट नहाल्दा प्रजातान्त्रिक पद्धती नै बिग्रने र भोट हाल्दा पनि कसलाई हाल्ने भन्ने चिन्ता रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्