अनमोलको चलचित्रमा बुद्धले गाउने केबिकाले कोरियोग्राफी गर्ने



हिजो निकै भव्य र सव्यसँग डान्सिङ विथ दि स्टार्स नेपाल सिजन १ को ग्राण्ड फिनाले भएको छ । फिनालेमा पर्न सफल सुमी र भिजु, बुद्ध र केबिका र प्रियाना र सुभमध्ये सुमी मोक्तान र भिजु पार्कीले दर्शकको अत्याधिक भोट पाएर विजयी बन्न सफल भएका छन् भने बुद्ध र केबिका फस्ट रनरअप हुदाँ प्रियाना र सुभम सेकेण्ड रनरअप भएका छन् ।

टाइटल नजितेपनि बुद्ध र केबिकाले निकै राम्रो अवसर भने पाएका छन् । गत साता डान्सिङ विथ दि स्टार्स नेपाल मा गेष्टको रुपमा भुवन केसी आएका थिए । उनले आफ्नो आगामी चलचित्रमा बुद्धलाई एउटा गीत गाउन दिने बताएका छन् भने सोही गीतको कोरियोग्राफी केबिकाले गर्नेछिन् । चलचित्रमा अनमोल केसी अभिनेता रहनेछन् ।

यो बुद्ध र केबिकाको लागि निकै राम्रो मौका हो । बुद्ध र केबिकाले यो शो मार्फत निकै नै दर्शक कमाउन सफल भएका छन् । उनीहरुले टाइटल नै नजितेपनि दर्शकको मन भने जित्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्