

लामो समयदेखि विश्वका बर्षभरिमा सर्वाधिक आम्दानी गर्ने व्यक्तिहरुको नाम सार्वजनिक गर्दै आएको म्यागेजिन फोब्रसले सन् २०२० मा सर्वाधिक कमाई गर्ने सेलिब्रेटीहरुको नाम सार्वजनिक गरिसकेको छ ।
उक्त सुचीमा हलिउडकी सर्वाधिक चर्चित मोडल तथा व्यापारी काइली जेन्नर पहिलो नम्बरमा पर्न सफल भएकी छिन् । काइलीले यस बर्ष ५९० मिलियन टलर कमाई गरेकी छिन् ।
जेनरले जनवरीमा आफ्नो ब्यूटी प्रोडक्टको ५१ प्रतिशत शेयर विक्री गरेकी थिइन् । काइलीले लामो समयदेखि आफ्नो व्यवसायको बिषयमा अतिरञ्जित कुरा गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । उनले शेयर विक्री गरेपछि उनको कम्पनीको वास्तविक मुल्य सार्वजनिक भएको थियो ।
सर्वाधिक कमाउने सेलिब्रिटीको टप १०० को सूचीमा बलिउड नायक अक्षय कुमार मात्र परेका छन् ।