सुमी र भिजुले जिते ‘डान्सिङ विथ दि स्टार्स’ को उपाधि, बुद्ध र केबिका फस्ट रनरअप



‘डान्सिङ विथ दि स्टार्स नेपाल’ सिजन १ को हिजो निकै धुमधामसँग ग्राण्ड फिनाले भएको छ । फिनालेमा सुमी मोक्तान र भिजु पार्की, बुद्ध लामा र केबिका खत्री र प्रियाना आचार्य र सुभम भुजेल पुगेका थिए । दर्शकको अत्याधिक भोट पाएर सुमी र भिजुले ‘डान्सिङ विथ दि स्टार्स नेपाल’ को विजेता बन्न सफल भएका छन् ।

सुमी र भिजुले उपाधी जित्दा बुद्ध र केबिका फस्ट रनरअप भएका छन् भने प्रियाना र सुभम सेकेण्ड रनरअप भएका छन् । ग्राण्ड फिनालेमा पहिले नै आउट भएका केही प्रतिस्पर्धीहरु पनि आएका थिए । त्यसका साथै कार्टुन क्रु, भिमफेदी गाइज लगायतका चर्चित डान्स क्रु ले फिनालेलाई मजेदार बनाएका थिए ।

विजेता सुमी र भिजुले २० लाख नगद सहित अन्य थुप्रै उपहारहरु जितेका छन् । यतिबेला सामाजिक सञ्जालमा सुमी र भिजुलाई बधाई दिनेको ओइरो नै लागेको छ ।

प्रतिक्रिया दिनुहोस्