गीत प्रमोशनको लागि नेहाले गरिन् गर्भवती भएको नाटक, भड्किए फ्यान !



हिजोमात्र बलिउडकी सर्वाधिक चर्चित गायिका नेहा कक्करले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गरिन् । जसले यतिबेला तहल्का नै मच्चाइरहेको छ । नेहाले बेबी बम्प देखिएको तस्बिर सेयर गर्दै ख्याल रख्या कर…लेखेकी थिइन् । यसरी हेर्दा उनको तस्बिरबाट उनी गर्भवती रहेको सहजै बुझ्न सकिन्छ ।

उनलाई बधाई दिनेको ओइरो नै लाग्यो । फेरि नेहाले आज अर्को तस्बिर सेयर गरिन् । तस्बिर त्यहि तर त्यहाँ ख्याल रख्या कर रिलिज डिसेम्बर २२ लेखिएको थियो । अब नेहाका फ्यानहरु कन्फ्युज भएका छन् । नेहा वास्तवमै गर्भवती छिन् वा उनको नयाँ गीतको लागि उनले प्रोमोशन गरिरहेकी छिन् । नेहाले अर्को तस्बिर सेयर गर्नासाथ नेहाका केही फ्यानहरु भड्किएका पनि छन् । कत्तिले नेहाले यस्तो मजाक गर्नु नहुने बताएका छन् भने कत्ति अझै पनि अलमलमै परिरहेका छन् ।

नेहा र रोहनप्रितले यसबारे कुनैपनि आधिकारीक जानकारी दिएका छैनन् र उनीहरुको जानकारी बिना सत्य के हो दर्शकले थाहा पाउनेछैनन् ।

प्रतिक्रिया दिनुहोस्