आँचलले आफ्नो काम सम्हाल्नको लागि नियुक्त गरिन् म्यानेजर



अभिनेत्री आँचल शर्माले केहीसमय अघि उनको काम सम्हाल्नको लागि म्यानेजर नियुक्त गरेकी छिन् । हेर्ने हो भने नेपाली सेलिब्रेटीहरुले त्यति म्यानेजर राख्ने गरेको पाइदैँन । आफै मेहेनत गर्दै यस क्षेत्रमा आउँदा धेरै सेलिब्रेटीले म्यानेजर राख्न पनि सक्दैनन् । तर आँचलले पनि २ महिना अघि अब उनको काम सम्हाल्नको लागि एक महिलालाई म्यानेजरको रुपमा राखेकी छिन् ।

प्राप्त जानकारी अनुसार आँचलले कुन चलचित्र खेल्ने, कस्ता म्यूजिक भिडियोमा काम गर्ने, पेमेन्ट कति लिने लगायतका हरेक कुरा आँचलकी म्यानेजरले नै हेर्ने गरेकी छिन् । यद्यपि आँचलले यसबारे केहीपनि जानकारी भने दिएकी छैनन् ।

प्रतिक्रिया दिनुहोस्