
बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधनपछि बलिउडमा ड्रग्स केसबारे निकै नै चर्चा भैरहेको छ । पहिले मौन रहेको एनसिबीले अहिले यसबारे तिव्र रुपमा छानबिन गरिरहेको छ । ड्रग्स केसबारे छानबिन हुन थालेपछि यसमा थुप्रै बलिउड सेलिब्रेटीहरु मुछिएका छन् । यसैबिच एनसिबीले करण जौहरको घरमा पछिल्लो समयमा भएको पार्टीको जानकारी मागेको छ ।
उनको पछिल्लो पार्टीमा लागूपदार्थ प्रयोग भएको आशंका समेत गरिएको छ । यसै विषयलाई लिएर महाराष्ट्र कांग्रेसले कंगनालाई लागूपदार्थको विषयमा चेकजाँच नगरिएको बारेमा जवाफ मागेको छ ।
त्यसपछि धेरै दर्शकले पनि यसबारे प्रश्न गर्न थालेका छन् । कगंनाले एक भिडियोमा खुलेयाम लागूपदार्थको सेवन गरेको पाइएको थियो । तर अहिलेसम्म उनलाई त्यसबारे केहीपनि सोधिएको छैन । अन्य सेलिब्रेटीलाई शंकाकै भरमा सोधपुछ गर्न बोलाउने एनसिबीले कगंनालाई भने किन सोधपुछ गर्न चाहेको छैन त ? यसबारे कगंनाले भने अहिलेसम्म कुनैपनि प्रतिक्रिया दिएकी छैनन् ।





