आफ्नो बच्चा रोएपछि मातापिताले छिमेकीलाई लेखे यस्तो चिठी, सामाजिक सञ्जालमा भयो भाइरल…



यतिबेला सामाजिक सञ्जालमा अमेरिकाका एक दम्पत्तिले आफ्ना छिमेकीको लागि लेखेको चिठ्ठीले सामाजिक सञ्जालमा निकै नै चर्चा पाइरहेको छ । वास्तवमा ती दम्पत्तिले आफ्नो नवजात शिशुले राति रोएर छिमेकीलाई सुत्न नदिएपछि उनीहरुसँग माफी माग्दै पत्र लेखेका हुन् ।

यो सामान्य कुरा हो, भर्खर जन्मिएका बच्चाहरु रुने गर्छन् । हामी सबैजना त्यसरी नै हुर्किएका हौँ । मातापिता म्याथ्यु र केली वार्डले पत्रमा लेखेका छन् ‘कैयौं रातको निद्रा खराब भएपछि पनि ४ महिनासम्म यो सबै सहनुभएकोमा धन्यवाद ।’ साथमा उनीहरुले छिमेकीलाई यो जानकारी पनि दिएका छन् कि यो समस्याबाट मुक्ति पाउन उनीहरुले बच्चालाई रो–इट आउट विधिबाट हुर्काइरहेका छन् । यो विधिमा शिशुले स्वयं आफू कतिबेला सुत्नुपर्छ भन्ने सिक्न सक्छन् ।

यस्तो घटना हामीले त्यति सुन्ने गरेका छैनौँ । त्यसैले पनि यी दम्पत्तिको यतिबेला सामाजिक सञ्जालमा निकै तारिफ भैरहेको छ । धेरैजनाले ती आमाबुबालाई सम्मान गर्नुपर्ने समेत बताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्