हनिमुन मनाउन कश्मीर पुगे नव विवाहित जोडी आदित्य र स्वेता



चर्चित गायक तथा होस्ट आदित्य नारायणले केहीसमय अघि प्रेमिका स्वेता अग्रवालसँग धुमधामसँग विवाह गरेका थिए । यतिबेला यो नव विवाहित जोडी हनिमुन मनाउनको लागि कश्मीर पुगेका छन् ।

आदित्यले सामाजिक सञ्जाल मार्फत यो कुराको जानकारी दिएका हुन् । जाडो मौसममा कश्मीरको रमणीय वातावरणमा रमाइरहेको तस्बिर आदित्यले सेयर गरेका छन् । तस्बिरमा यी दुईलाई निकै नै राम्रो देखिएको छ । आदित्यले तस्बिर सेयर गर्दै लेखेका छन्, ‘हनीमुन शुरु, पृथ्बीमा स्वर्गको दर्शन, कश्मीरमा पहिलो पटक’ ।

आदित्यका फ्यानले उक्त तस्बिरमा निकै नै रुचाइरहेका छन् र दुईको जोडी निकै मिलेको भन्दै प्रतिक्रिया समेत दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्