गोपीकृष्ण हल भत्काउन सुरु, अब हलको ठाउँमा बन्नेछ सपिङ सेन्टर



चावहिलस्थित रहेको गोपीकृष्ण हल दर्शकको सर्वाधिक चाप रहने हल हो । गोपीकृष्ण हलमा ७ वटा पर्दाहरु रहेका छन् । जसमध्येको ठूला पर्दा गोपी र कृष्ण भत्काउन सुरु भैसकेको छ । अब राधा र मिरा पनि भत्काइनेछ । यसरी हेर्दा अब ओम, नव, शिवाय मा मात्र चलचित्र प्रदर्शन हुनेछन् ।

यी तिन पर्दामा करिब ६ सय दर्शक मात्र अट्न सक्नेछन् । यसैले पनि गोपिकृष्ण हल भत्केपछि दर्शकको ठुलो भीड मिस हुनेछ ।

यसका संचालकले सपिङ मल बनाउने योजना अनुसार, हल भत्काउन लागेका हुन् । गोपिकृष्ण हलमा म्यानेजर प्रदिप दाहालले अनलाइनखबरसँग भने–‘अब बन्ने भवनमा २ तला पार्किङ, ४–५ तला सपिङ सेन्टर, लज, रेष्टुरेन्ट, स्विमिङ पूल बनाउने योजना छ ।

यसरी हेर्दा अब गोपीकृष्ण हलको दर्शकले नयाँ स्वरुप देख्न पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्