साथीको विवाहको लागि उर्वशीको २० लाखको गेटअप, फ्यानले दिए यस्तो प्रतिक्रिया…



उर्वशी रौतेला चलचित्रका कारण भन्दापनि उनको लुक्सको कारण बेला बेलामा चर्चामा आउने गरेकी छिन् । उनलाई बलिउडकी निकै सुन्दर र बोल्ड नायिकाको रुपमा दर्शकले चिन्ने गरेका छन् । उनै उर्वशीले हालैमात्र आफ्नी साथीको विवाहमा जादाँको तस्बिर सेयर गरेकी छिन् ।

तस्बिरमा उनी निकै नै सुन्दर देखिएकी छिन् । त्यसैकारण उनको उक्त लुक्सको हाल निकै नै चर्चा भैरहेको छ । उर्वशी तस्बिरमा ग्रिन कलरको साडीमा देखिएकी छिन् । सारीसँगै सुहाउँदो मेकअप र गहनाले उनको सुन्दरता निकै खुलेको छ । तर उनले उक्त लुक्सको लागि २० लाख खर्च गरेकी छिन् ।

भारतीय मिडिया अनुसार उर्वशीको उक्त सारीको मूल्य मात्र ५ लाख रहेको छ भने गरगहनालाई १५ लाख परेको छ ।

प्रतिक्रिया दिनुहोस्