विवाह गरेको २ महिना नबित्दै आमा बन्दै नेहा कक्कर, बधाई दिनेको ओइरो



नेहा कक्कर बलिउडकी सर्वाधिक सफल गायिका हुन् । उनै गायिका नेहा कक्करले हालैमात्र सामािजक सञ्जालमार्फत आफ्ना फ्यानको लागि खुसीको खबर दिएकी छिन् । तर यो खबरले धेरैको होस पनि उडेको छ । नेहाले करिब २ महिना अघि अक्टोबर २४ मा प्रेमी रोहनप्रित सिंहसँग विवाह गरेकी थिइन् ।

विवाह गरेको २ महिना नबित्दै नेहा आमा बन्दैछिन् । नेहाले हालैमात्र रोहनप्रितसँगको तस्बिर सेयर गर्दै आफू आमा बन्न लागेको जानकारी दिएकी छिन् । उनले सेयर गरेको तस्बिरमा सर्वाधिक दर्शकले प्रतिक्रिया दिएका छन् । नेहाको बेबी बम्प ठूलै देखिएकाले धेरैले नेहाले गर्भवती भएपछि मात्र विवाह गरेको अड्कल लगाइरहेका छन् ।

तर उनको लागि धेरैजना खुसी पनि छन् । रोहनप्रितले पनि नेहासँगको तस्बिर सेयर गर्दै अब आफूले नेहाको अझ धेरै ख्याल राख्नुपर्ने भएको बताएका छन् । हाम्रो तर्फबाट पनि नेहा र रोहनप्रितलाई धेरै बधाई ।

प्रतिक्रिया दिनुहोस्