
मल्लिका शेरावत बलिउडकी नाम चलेकी नायिका हुन् । उनले बलिउडमा आफ्नो स्थान बनाउनको लागि निकै मेहेनत पनि गरेकी छिन् ।
मल्लिकाले सिना सिर्फ मेरे लिए बाट बलिउडमा डेब्यु गरेकी हुन् । उक्त चलचित्रमा उनी केमियो भूमिकामा मात्र थिइन् । मल्लिकाले लिड रोलमा अभिनय गरेर बलिउडमा भित्रिएको चलचित्र भने ख्वाहिश हो । जुन सन् २००३ मा रिलिज भएको थियो । यस चलचित्रमा मल्लिकाले १७ भन्दा बढी किस सिन दिएकी थिइन् । जसले निकै नै चर्चा पायो ।
ख्वाहिश पछि नै बलिउडमा मल्लिकाको चर्चा हुन थालेको हो ।





